Monday, June 14, 2021

कक्षा १० SEE काे अन्तिम नतिजा पठाउने सुचना तथा कार्यविधि-2078, मुल्यांकन समितिमा ५ जना रहने

 






कोभिड -१९ महामारीका कारण भौतिक रुपमा एसईई परीक्षा सञ्चालन गर्ने अवस्था नभएपछि यो वर्ष पनि राष्ट्रिय परक्षिा बोर्डले विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । अघिल्लो वर्ष ३ सदस्यीय मूल्यांकन समिति बनाइएकोमा यो वर्ष त्यसलाई परिवर्तन गरी ५ सदस्यीय मूल्यांकन समिति बनाउनुपर्ने कार्यविधिमा व्यावस्था गरिएको छ ।कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ले तोकेको आधारमा विषय शिक्षकले मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ । त्यसरी विषय शिक्षकले पेश मूल्यांकनलाई समितिले कार्यविधिले व्यावस्था गरे अनुरुप छ वा छैन रुजु गरी प्रमाणित गर्नेछ । रुजु गरेर प्रमाणित गरिसके पछि मूल्यांकन समितिले नतिजाको हार्डकपी, सफ्टकपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाइ सक्नु पर्ने छ ।
 कार्य विधि
विषय शिक्षकले विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतका विषयलाई हेरेर विद्यार्थीलाई २० प्रतिशत अंक दिन सक्ने छन् । विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकनका आधारमा ५५ प्रतिशत, प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ । कार्यबिधि download
SEE २०७७ को मुल्यांकनक समिति
१. मुल्यांकन समिति-५ जना
१. प्रधानाध्यापक 
२. गणित शिक्षक 
३. अंग्रेजी शिक्षक
४. विज्ञान शिक्षक 
५. वरिष्ठ शिक्षक 

कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ले तोकेको आधारमा विषय शिक्षकले मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ । त्यसरी विषय शिक्षकले पेश मूल्यांकनलाई समितिले कार्यविधिले व्यावस्था गरे अनुरुप छ वा छैन रुजु गरी प्रमाणित गर्नेछ । रुजु गरेर पैमाणित गरिसके पछि मूल्यांकन समितिले नतिजाको हार्डकपी, सफ्टकपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाइ सक्नु पर्ने छ ।




No comments:

Post a Comment

साहस उर्जा लिमिटेडको आईपीओ को बाडफाड़ कहिले र कुन बेला?

  साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँ...

Popular